मुख्य समाचार

युरोपेली राष्ट्रद्वारा ट्रम्पलाई रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि दबाब

युरोपेली राष्ट्रद्वारा ट्रम्पलाई रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि दबाब

एजेन्सी । युरोपेली राष्ट्रहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि दबाब दिएका छन् । 

युरोपेली राष्ट्रहरुसंगको ती राष्ट्रका प्रतिनिधीहरुले ट्रम्पलाई रुस र यु्क्रेनबीचको युद्ध अन्त्यका लागि दबाब दिएका हुन् । 

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच अलास्कामा ओयाजन हुन लागेको शिखर सम्मेलनमा भेट हुने निश्चित भएपछी सो अघिको भर्चुअल बैठकका क्रममा युरोपेली नेताहरुले रुस र युक्रेन युद्ध कुनै पनि हालतमा स्थगीत गर्नु पने्र्र भन्दै ट्रम्पलाई दबाब दिएका छन् । सोहूी क्रममा ट्रम्पले आफनो लक्ष्य पनि युद्धविराम नै भएको जनाउँदै यसका लागि मुख्य भुमिका निर्वाह गर्ने बचन दिएका छन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले क्षेत्रीय मुद्दाहरू युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको संलग्नतामा निर्णय गर्नुपर्ने र सुरक्षा ग्यारेन्टीहरू सम्झौताको हिस्सा हुनुपर्नेै प्रतिक्रिया दिएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले बेलायत, फ्रान्स, जर्मनी, इटाली, फिनल्याण्ड र पोल्याण्डका नेताहरूका साथै युरोपेली युनियनका प्रमुख उर्सुला भोन डेर लेयन र ए्रटलान्टिक सहयोग संगठन नेटो प्रमुख मार्क रुटसँग पति यस बिषयमा कुराकानी गरेको थियो । 

अलास्का सम्मेलनमा युरोपेली राष्ट्रहरुलाई समावेश नगरेपछी भर्चुअल बैठक बसेको हो । शुक्रबारबाट शुरु हुने सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्की दुवै सहभागी हुनेछन् । 

शिखर सम्मेलनको मुख्य एजेण्डा रुस यु्क्रेन युद्ध अन्त्य नै रहेको समाचारमा उल्लेख छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *