मुख्य समाचार

रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनलाई सिधा वार्ताको प्रस्ताव

रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनलाई सिधा वार्ताको प्रस्ताव

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सिधा वार्ताको प्रस्ताव गरेका छन । 

आगामीे १५ मे भन्दा अघि नै वार्ता गर्नु उपयुक्त हुने उनको भनाइ छ । दुर्लभ टेलिभिजन सम्बोधनमा उनले द्वन्द्वको जरो पहिचान गरेर स्थायी शान्तिको बाटोमा जान चाहेको बताएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पुटिनले वार्ताका सबै ढोका खुला राखेको बताए । उनले स्थायी समाधान निकाल्नका लागि टर्कीको इस्तानबुलमा वार्ता उपयुक्त हुने बताएका छन् । पुटिनले यसको बारे आइतबार टर्कीका राष्ट्रपति रेकेब तैयव एर्डोगानसँग पनि छलफल गर्ने बताएका छन् । 

यो विषयमा युक्रेनको भने प्रतिक्रिया आइसकेको छैन । बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों युक्रेन भ्रमणमा पुगेर रुसलाई ३० दिने युद्ध विराम तत्काल लागु गर्न भने पछि पुटिनको सो अभिव्यक्ति आएको हो । 

मस्को र किभबीचको अन्तिम प्रत्यक्ष वार्ता तीन वर्षअघि युक्रेनमा रुसको पूर्ण–स्तरको आक्रमण शुुरु भए लगत्तै भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *