एजेन्सी । ५१ औं जी सेभेन शिखर सम्मेलनका लागि शक्ति राष्ट्र क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका नेताहरू क्यानडामा भेला हुँदैछन । अल्बर्टाको कानानास्किसस्थित क्यानेडियन रकिजको फेदीमा शिखर सम्मेलन हुन लागेको हो । बहुपक्षीय तनावका कारण यसै वर्ष जुन १५–१७ मा आयोजना हुने यो शिखर सम्मेलन निकै संवेदनशील र तनावपूर्ण हुने अनुमान गरिएको छ । शुक्रबार इजराजयले इरानका सैन्य र आणविक स्थलहरूमा ठूला आक्रमण गरेपछि मध्यपूर्वको चर्किंदो संकट छलफलको मुख्य विषय बन्ने अपेक्षा गरिएको छ । त्यसैगरी, यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका कडा व्यापारिक कर लगाइएका, पछि केही देशका लागि स्थगित गरिएका पनि महत्वपूर्ण विषय रहनेछ । जी सेभेन समूह विश्वको कुल गार्हस्थ्य उत्पादन जीडीपी को ४४ प्रतिशत प्रतिनिधित्व गर्छ ।।