काठमाडौ । नेपाली क्रिकेट टिमले आज त्रिकोणात्मक टी–२० श्रृखलाको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार सोमबार राती पौने आठ बजे बजे सुरु हुनेछ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले श्रृखला को पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । श्रृखलाको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ । आजको खेलमा नेपाल र नेदल्यान्ड्स दुवै टिम पहिलो जितको खोजीमा हुनेछन । टी–२० श्रृखलाका लागि नेपाल क्रिकेट संघ क्यान रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोलीको घोषणा गरेको छ । यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन । कारण सोमपाल कामी र गुलसन झाले सिरिज गुमाउँदा नयाँ खेलाडीले अवसर पाएका हुन्। सोमपाल र गुल्सन अभ्यासकोक्रममा घाइते भएका हुन । स्कटल्यान्डमा विश्वकप लिग–२ को सिरिजपछि टी–२० सिरिज हुन लागेको हो । विश्वकप लिग–२ मा नेपालले चार खेल खेल्दा तीन जित हात पारेको छ ।।