काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल दक्षिण कोरीयाको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
दक्षिण कोरीयाको सुवोनमा आयोजीत आईसीएस प्यासिफिक फोरममा भाग लिन नेपालको प्रतिनिधीत्व गर्दै उनी त्यस तर्फ गएका थिए । सो फोरमलाई संवोधनका क्रममा मन्त्री दाहालले यातायात सेवा व्यवस्थापन तथा विस्तारमा सुचना प्रविधि तथा एआईको प्रयोग उपयोगी हुने बताउका थिए । यस्तै एशिया प्यासिफिक क्षेत्र सम्भावना र सहकार्यको प्रचुर सम्भावनाको क्षेत्र रहेको जनाउँदै मन्त्री दाहालले स्मार्ट मोविलिटीलाई प्रवद्र्धन गर्नु पर्नेमा जोड दिनु दिएका थिए ।
त्यस पछि मन्त्री दाहालले त्यहाँको यातायात तथा रेलसेवा विस्तार सम्वन्धिको छलफललाई पनि संवोधन गरेका थिए । भ्रमणका क्रममा मन्त्री दाहालले कोरेल कर्पोरेशनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गरेका थिए । यसैगरि सोहि भ्रमणका क्रममा कोरीयन एक्सप्रेस वे कर्पाेरेशनका अधिकारीहरुसँगको भेटमा मन्त्री दाहाल र त्यहाँका अधिकारीहरु विच आपसीहित र सहकार्यकार्यका बारेमा पनि छलफल भएको थियो ।
स्वदेश फर्कनु अघि मन्त्री दाहालले प्रवाशी नेपाली मञ्च दक्षिण कोरीयाद्वारा आयोजीत भेटघाट कार्यक्रम मार्फत नेपाली समुदायलाई संवोधन गरेका थिए ।