मुख्य समाचार

जनकपुरमा पितृपक्ष आजदेखि शुुरु

जनकपुरमा पितृपक्ष आजदेखि शुुरु

जनकपुर । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि शुुरु भएको छ । 

श्राद्धको शुुरुको दिन आज जनकपुरधामको ऐतिहासिक पोखरी गंगासागरमा तर्पण दिनेहरुको भीड लागेको छ । परिवारमा स्वर्गीय भएकाहरुको सम्झनामा कुश, तिल, जौं र फुली लिएर गंगासागर पोखरीमा पुगेकाहरुले विशेष पूजा गरेका छन् ।

यस अवसरमा काँक्रो दान गर्ने चलनसमेत रहेको छ । तर्पण गर्दा स्वर्गीय भइसकेका पूर्वजहरूलाई शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । मिथिला चलमा पहिलो दिन का्रँक्रो र फुली लिएर पहिलो दिन अगस्तमुनिको नाउमा तर्पण गर्ने गरिन्छ भने दोश्रोदिन देखि आफनो पितृको तर्पण गरिन्छ । 

हिन्दू धामिर्क परम्परा अनुसार पितृपक्ष अर्थात सोह्र श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदा देखि औँसीसम्म गरिने सोह्र श्राद्धमा आफ्ना परिवारका दिवङ्गत जेष्ठ सदस्यहरुको तिथिमा अन्नजल अर्पण तथा तर्पणादी गर्ने प्रचलन छ ।

यसका मौकामा मिथिलाञ्चल क्षेत्रमा आजदेखि टुहुराहरुले यो पर्व मनाउँदैछन् । यो पर्वमा बाबु आमा नहुनेले जनकपुरधामको पवित्र गंगासागरमा स्नान गरी मृतात्माको सम्झना गर्ने गर्छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *