समाज

तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र अदालतमा उपस्थित

तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र अदालतमा उपस्थित

काठमाडौं । तीनकुने घटनाका आरोपी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । 

अदालत उपस्थित भएका मिश्रको थुनछेक बहस भैरहेको छ । बहसपछि त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ । तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेपछि सम्पर्कबिहीन भएका थिए । 

सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री धवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएर ३ लाख धरौटीमा छुटेका थिए । मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो । 

गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । घटनामा एभिन्यूजकर्मी सुरेश रजक सहित दुईजनाको मृत्यु भएको थियो । २० जना भन्दा धेरैलाई गोली लागेको थियो । 

सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईं सहित सात जनालाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *