मुख्य समाचार

साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिको आधार : परराष्ट्र मन्त्री राणा

साझेदारी र कनेक्टिभीटी नेपाल भारत साझा समृद्धिको आधार : परराष्ट्र मन्त्री राणा

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारत बीच व्यापार, पारवहन र लगानीलाई तिब्र बनाइ कनेक्टिभीटीका माध्यमबाट आर्थिक साझेदारीलाई अगाडि बढाउनुपर्ने बताउकी छन् । 

नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी आज काठमाडौंमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताइन् । 

नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरू मार्फत समृद्धिमा रूपान्तरण गर्ने समय आएको बताइन् ।  नेपाल–भारत सम्बन्ध सभ्यताको शुरुवातमा राखिएका जगहरूमा निर्मित रहेका प्रसंग उल्लेख गर्दै मन्त्री राणाले नागरिकको जीवन साझा मूल्यमान्यता, संस्कृति र भावनामा आधारित रहेकाले उनीहरुबीचको जनसम्पर्क, सहकार्य र कनेक्टिभीटीले नै दुवै देशको समृद्ध भविष्यको रेखा कोर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नेपाल र भारतले सडक, रेल्वे, जलमार्ग, हवाई मार्ग, डिजिटल पूर्वाधार लगायतमा लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिइन् । 

मन्त्री राणाले हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *