राजनीति

भारत भ्रमणमा हिन्दु धर्म र राजाको बारेमा एक शब्द पनि उच्चारण भएन: प्रधानमन्त्री दाहाल

भारत भ्रमणमा हिन्दु धर्म र राजाको बारेमा एक शब्द पनि उच्चारण भएन: प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ भारत भ्रमणका क्रममा हिन्दु धर्म र राजाको बारेमा एक शब्द पनि उच्चारण नभएको बताएका छन्। ‘एकजना माननीयले राजनीतिको बारेमा कुरा हुँदा राजाको बारेमा पनि भयो कि भनेर सोध्नुभयो,’ प्रतिनिधि सभाको आजको बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘विल्कुल भएन। म अहिले सम्मानित सदनको अगाढि उभिएर एउटा ऐतिहासिक प्रतिबद्धताका साथ भन्छु, न राजाको बारेमा एक शब्द उच्चारण भयो, न हिन्दु, हिन्दु धर्मका बारेमा कहीँकतै कसैले कुराकानी भयो। हामी त्यसमा प्रवेशै गरेनौं।’

उनले भारतीय प्रधानमन्त्रीसँग एकपटक मात्रै एक्लाएक्लै भेटवार्ता भएको र सीमा समाधानमा बंगलादेशको मोडालिटी अपनाउने कुरा पनि नभएको दोहोर्‍याए।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *