प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भिर ढंगले आग्रह गरेको बताएका छन । आज प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन । त्यस अवसरमा उनले दुई मुलुकबीचको सीमालगायतका थाँति रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धि हालसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दावी समेत गरे ।
प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनको अवसरमा दिएको सीमासम्बन्धि समस्या समाधान गर्ने अभिव्यक्तीलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताए । उनले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भिर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको जिकीर समेत गरे । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भिर भएर लागिपर्ने बताउनु भएको पनि संसदलाई जानकारी गराए ।