मुख्य समाचार

आमा–बहिनी इजरायल पुग्दै, बिपिनको खोजमा नया आशा

आमा–बहिनी इजरायल पुग्दै, बिपिनको खोजमा नया आशा

काठमाडौँ। प्यालेष्टेनी विद्रोही समुह हमासले अपहरण कब्जामा रहेका नेपाली युवा बिपिन जोशीको अवस्थाबारे जानकारी लिन बिपीनका आमा पद्यमा जोशी र बिपिनका बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गरेका छन्।

इजरायलस्थित नेपाली दुतावास र इजरायल सरकारको समन्वयमा बिपिनका आमा र बहिनीलाई इजरायल बोलाइएको हो। सन् २०२३ अक्टोबर ७ मा भएको इजरायल र हमासबीचको युद्धका क्रममा इजरायलको किब्बुज आलुमिमबाट हमासले कब्जामा लिएका थिए।

हमासले अपहरण गरेका २ सय बढी बिभिन्न देशका नागरिकहरू मध्ये केहीलाई रिहा गरेता पनि बिपिनको अवस्था अज्ञात छ। परिवारजनको लगातारको अनुनय बिनयको आधारमा इजरायलले सरकारले उनका परिवारलाई इजरायल बोलाएको हो।

बिपीनका आमा र बहिनीसंग इजरायलको पराराष्ट्र मन्त्रालयका प्रतिनिधिले भेट्ने कार्यक्रम तय भएको छ। बिपिनका आमा र बहिनी इजरायलमा १० दिन सम्म रहने छन् ।

यसैबीच उनका परिवारका सदस्यहरू इजरायल पुग्दा हमासले बिपिनलाई रिहा गर्ने वा उनको अवस्थाबारे जानकारी गराउने आशा बिपिनका परिवारमा रहेको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *