एजेन्सी । रुसमा यात्रुवाहक विमान बेपत्ता भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा शहरमा हराएको हो ।
साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उक्त विमान चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा शहरका लागि उडान भरेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाइएको छ । विमानमा ५ जना बालबालिका पनि रहेको जनाइएको छ ।
विमानको खोजीका लागि सबै शक्ति प्रयोग गरिएको समाचारमा उल्लेख छ । यद्यपि आपतकालीन मन्त्रालयले भने विमानमा केबल ४० जना आसपास यात्रु रहेको जनाएको छ ।