अन्तर्राष्ट्रिय

पाकिस्तानका ड्रोन र क्षेप्यास्त्र आक्रमण असफल बनाएको दिल्लीको दाबी

पाकिस्तानका ड्रोन र क्षेप्यास्त्र आक्रमण असफल बनाएको दिल्लीको दाबी

एजेन्सी । पाकिस्तानले गएराति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न ठाउँमा आक्रमण गरेको छ । जम्मू–कश्मीर, पन्जाब र राजस्थानका विभिन्न ठाउँहरूमा आक्रमण भएका हुन् । पाकिस्तानले आत्मघाती ड्रोन र क्षेप्यास्त्रहरू प्रहार गरेको हो । भारतीय पक्षले एस–४०० एअर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ । पाकिस्तानी ड्रोनले जम्मू विमानस्थल र पठानकोट एअरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान भएको छ । नियन्त्रण रेखा नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानले गोलाबारी भएको छ।  त्यस्तै भारत प्रशासित कश्मीरको जम्मू शहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जम्मूमा रहेको विमानस्थलमा विस्फोटहरू भएको तर क्षतिबारे कुनै विवरण सार्वजनिक नभएको खबरमा उल्लेख छ । जम्मु कश्मीरमा स्कुल र कलेजसहित सबै शैक्षिक संस्थाहरू बन्द गर्ने आदेश जारी गरिएको छ । भारतले २४ ओटा विमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका छन् । पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ ओटाविमानस्थल नागरिक सेवाका लागि बन्द गरिएका हुन । ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ । भारत–पाकिस्तान तनावबीच भारतका कयौं क्षेत्रमा विद्युत बन्द गरिएको छ ।  यसैबीच धर्मशालामा भइरहेको आईपीएल खेल पनि बीचैमा रोकिएको छ ।धर्मशालामा हुने भनिएको पन्जाब किंग्स इलेभेन र दिल्ली क्यापिटल्सबीच खेल रद्द गरिएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले भारत नियन्त्रित कश्मीरमा भएको भनिएको आक्रमणमा पाकिस्तानको हात नरहेको दाबी गरेका छन् । यसैविच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीचको युद्धमा अमेरिका संलग्न नहुने बताएका छन् । उनले कूटनीतिक माध्यमबाट युद्ध अन्त्यका लागि प्रयास भने जारी राख्ने बताएका छन् । अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण गर्न बन्द गर्न आग्रह गरेको छ ।अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन् । भारतले गएको मङ्गलवाररातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ ।। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *