समाज

हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत

हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपालको समस्या नै लोकप्रियतावाद भएको बताएका छन् । 

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘पोस्ट बजेट  अ होलिस्टिक डिसकर्स’मा बोल्दै उनले यस्तो बताएका हुन् । महतले अहिले लोकप्रिय हुने प्रबल चाहनाले भविष्यमा अत्यन्तै अलोकप्रिय स्थितिमा पुर्‍याउने बताए । डा. महतले आफूहरू अहिले अलोकप्रिय भएपनि दीर्घकालीन परिणामले लोकप्रिय बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

महतले वर्तमान सरकारले साढे ४ हजार बढी आयोजनाहरू कटौती गर्ने भनेपछि त्यो पर्याप्त नभएको टिप्पणी  महतको छ  । 

उनले उपभोक्ता समितिको नाममा अहिले दश÷पन्ध्र लाखका आयोजनाहरू लिएर हजारौँको सङ्ख्यामा प्रदेश राजधानीमा पुगिरहेको बताउँदै ती कुनै योजना परिणाम नदिने बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *