मुख्य समाचार

भारतको उत्तराखण्डमा आएको बाढीले १ जनाको मृत्यु, १ जना बेपत्ता

भारतको उत्तराखण्डमा आएको बाढीले १ जनाको मृत्यु, १ जना बेपत्ता

एजेन्सी । भारत उत्तराखण्डको चमोली जिल्लास्थित थराली क्षेत्रमा शुक्रबार राति बादल फाटेर आएको बाढीले ठूलो क्षति पुर्‍यएको छ ।

राति करिव साढे १२ बजेदेखि एक बजेसम्म बादल फाटेर आएको बाढी एसडीएम आवाससहित स्थानीय बासिन्दाका घरमा पस्दा जनधनको क्षति भएको हो । 

भारतीय सञ्चार माध्यमका अनुसार बाढीपछि आएको पहिरोमा पुरिएर एक २० वर्षीया युवतीको मृत्यु भएको छ भने एक व्यक्ति हराइरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । एनडीआरएफ र एसडीआरएफको टोलीले घटनास्थल पुगेर उद्धार कार्य जारी राखेको छ । 

भारी वर्षाका कारण थरालीलाई जोड्ने कर्णप्रयाग–ग्वालदम राष्ट्रिय राजमार्ग पनि अवरुद्ध भएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *