Siddarth bankविज्ञापन
मुख्य समाचार

गाजामा तीनमध्ये एक व्यक्ति भोकै : संयुक्त राष्ट्रसंघ

गाजामा तीनमध्ये एक व्यक्ति भोकै : संयुक्त राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा हर तीनमध्ये एक व्यक्ति धेरै दिनदेखि खाना नखाई बाँचिरहेको बताएको छ । 

विश्व स्वास्थ्य कार्यक्रमले जनाए अनुसार ९० हजार महिला तथा बालिका अहिले कुपोषणबाट पीडित भएका कारण तत्काल उपचार आवस्यक छ। गाजामा यो हप्ता भोकमरी झन् बढ्ने अनुमान छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार  इजरायलसँग युद्ध शुरु भएदेखि हालसम्म कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १२२ पुगेको छ । गाजामा आवतजावत गर्ने सबै कुरामाथि नियन्त्रण राख्ने इजरायलले यो क्षेत्रमा कुनै पनि सहायता पुग्नबाट नरोकोको बताएको छ । इजरायलले गाजामा कुपोषणको लागि हमासलाई जिम्मेवार ठहराएको छ ।

यो साता कुपोषणबाट एकै दिन नौ जना मरेका थिए। यसपछि नै संसारका धेरै निकायले यस विषयमा चासो देखाएका हुन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टोबर २०२३ देखि गाजामा ५९ हजारभन्दा बढी मानिस मारिएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *