काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राती साँढे १२ बजे खैरहनीबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको बोलेरोले ओभरटेक गर्ने क्रममा टाँडीबाट खैरेहनीतर्फ जाँदै गरेको बा प्र ०६–००१प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट घाइते मोटरसाइकल चालक कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो ।