मुख्य समाचार

ओलीको चीन र भारत यात्रा : आपसी विश्वास र साझा सहमतिको अवसर

ओलीको चीन र भारत यात्रा : आपसी विश्वास र साझा सहमतिको अवसर

काठमाडौँ । परराष्ट्रविज्ञ तथा कूटनीतिज्ञ डाक्टर शम्भुराम सिम्खडाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा दुवै देशबीच राजनीतिक तहमा आपसी विश्वास तथा साझा सहमतिको वातावरण निर्माण गर्नेमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

एभिन्युज खबरका लागि खबरदाता दीक्षा थापासँग कुरा गर्दै परराष्ट्रविज्ञ सिम्खडाले राष्ट्रिय स्वार्थमा आधारित राष्ट्रहित सुनिश्चित गर्नेबारे प्रधानमन्त्री ओलीको भ्रमण फलदायी हुनुपर्नेमा जोड दिए। 

दुवै देशका प्रधानमन्त्रीबीच भारतीय राज्य बोधगयामा हुने भेटले नेपाल र भारत सम्बन्ध ऐतिहासिक र घनिष्ट मात्र नभएर धार्मिक, समाजिक र सांस्कृतिक छ भनी सन्देश दिने पनि प्रस्ट पारे। 

प्रधानमन्त्रीको चीन भ्रमण र त्यसलगत्तै हुने भारत भ्रमण त्रिपक्षीय समझदारीका लागि महत्त्वपूर्ण अवसर बन्नसक्ने सिम्खडाले बताए।

प्रधानमन्त्री ओलीले भदौ अन्तिम साता भारतको भ्रमण गर्ने तयारी गरेका छन । उनलाई निम्ता दिन विदेश सचिव आइतबार नेपाल आएका छन्।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *