समाज

पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्छन्, तर्कपूर्ण खण्डन गर्नूस्

पार्टीका सांसदहरुलाई ओलीको निर्देशनः विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्छन्, तर्कपूर्ण खण्डन गर्नूस्

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा तर्कपूर्ण विचार राख्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेटमाथि मंगलवारको संसदको बैठकबाट छलफल प्रारुम्भ हुने भएकाले तयारीका साथ रहन निर्देशन दिएका हुन्  । प्रधानमन्त्री ओलीले  तर्कपूर्ण ढंगले बजेटको पक्षमा विचारहरु राख्न निर्देशन दिँदै विरोधीहरुले धर्मर हुनेगरी कुतर्क गर्ने भन्दै सचेत रहन आग्रह गरे ।

कुतर्कहरुको दरिलो गरी खण्डन गर्न पनि ओलीले आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरे ।  पार्टीका सांसदहरुलाई तथ्य, तथ्यांकसहित खण्डन गर्न अध्यक्ष ओलीको निर्देशन छ । 

अध्यक्ष ओलीले आफ्नो विषयमा केन्द्रित भएर बोलने गरी तयार गर्न निर्देशन दिदैं छरपस्ट भएर नबोल्न सचेत गराएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *