मुख्य समाचार

उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई बिना सर्त समर्थन गर्ने

उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई बिना सर्त समर्थन गर्ने

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले युक्रेनविरुद्धको युद्धमा रुसलाई  बिनसर्त समर्थन दिने बताएका छन् । 

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँग छलफलका क्रममा किम जोङले युक्रेनी संकटको मूल कारण समाधान गर्न रुसले चालेका सबै कदमुलाई समर्थन गर्ने बताएका हुन् । 

पश्चिमी अधिकारीहरूले उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा रुसलाई मद्दत गर्न ११ हजार सेना पठाएको दाबी गरेको समयमा पछिल्लो विवरण आएको हो ।

रुसले २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता दुई देशबीच युद्ध जारी छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *