एजेन्सी । सैन्य परेडमा भाग लिन उत्तर कोरियाका नेता किम जोङ उन चीन प्रस्थान गरेका छन ।
किम सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट चीनको राजधानी बेइजिङतर्फ गएका हुन ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रेलमा फ्रान्सेली वाइन र ताजा लब्स्टरजस्ता परिकार पस्कने रेस्टुरेन्ट कोच रहेको बताइएको छ । भारी सुरक्षाका कारण रेल बिस्तारै चल्ने रेल २४ घण्टापछि चीन पुग्ने बताइएको छ ।
किम बुधबार आयोजना हुने विजय दिवस परेडमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिनेछन् ।
