एजेन्सी । रुस र युक्रेनबीच नयाँ शान्ति वार्ता आज टर्कीको इस्तानबुलमा हुँदैछ ।
यसअघिका दुई चरणको वार्ता पछि आज तेस्रो पटक वार्ता हुन लागेको हो । दुई चरणका वार्तामा युद्ध अन्त्य गरी शान्ति सम्झौतामा पुग्ने बाटोमा निकै कम प्रगति भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई सम्झौतामा सहमत हुनु दबाब दिएका छन् । पचास दिनको समय भित्र समाधान नखोजिएमा थप प्रतिबन्धको सामाना गर्नुपर्ने उनको चेतावनी छ ।
रसियाले शान्ति सम्झौतामा सहमत हुने बारेमा धेरै कम आशा व्यक्त गरेको छ । अहिलेसम्मको वार्तामा युक्रेन र रुसले कैदी आदानप्रदानमा मात्रै सहमति जनाएका छन् । त्यसयता रुसले युक्रेनमा हवाई आक्रमण तीव्र पारेको छ र थप सीमा क्षेत्र कब्जा गरेको छ ।
रूसले युक्रेनलाई क्रिमियाको थप चार प्रमुख क्षेत्रहरू छोड्न र नेटो सैन्य गठबन्धनमा सामेल हुने कुनै पनि विचार त्याग्न दबाब दिदै आएको छ । युक्रेनले भने रूसको सो माग अस्वीकार गरिररहेको छ ।
सन् २०२२ को फेब्रुअरी देखि दुई देश युद्धमा रहेका छन् ।