एजेन्सी । टेक्ससका रिपब्लिकन सांसदहरूले नयाँ काँग्रेस निर्वाचन क्षेत्र नक्सा पारित गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष समर्थनमा आगामी वर्ष हुने मध्यावधि चुनावमा डेमोक्र्याटहरूले जितेका पाँच सिटलाई रिपब्लिकनको नियन्त्रणमा ल्याउने उद्देश्य सहिति नक्सा पारित गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार दुई सातासम्मको बहिष्कारपछि डेमोक्र्याट सांसदहरू सोमबार सभामा फर्किएपछि रिपब्लिकनले बहुमत सुनिश्चित गरी मतदान गरिएको हो । अब टेक्ससको सदन र सिनेट दुवैमा सहमति भएपछि यसलाई रिपब्लिकन गभर्नर ग्रेग एबटले हस्ताक्षर गर्ने बताइएको छ ।
ट्रम्पले रिपब्लिकनहरूको अमेरिकी प्रतिनिधि सभामा रहेको सानो बहुमतलाई जोगाउन यो कदम आवश्यक भएको बताएका छन् । डेमोक्र्याटहरूले भने रिपब्लिकनमाथि चुनावी परिणामलाई अन्यायपूर्ण ढंगले हेरफेर गर्न खोजेको आरोप लगाएका छन् । उता क्यालिफोर्नियामा गभर्नर ग्याभिन न्युजोमले पनि नयाँ नक्सा ल्याउने तयारी गरेका छन् ।
पाँच रिपब्लिकन सिटलाई डेमोक्र्याटहरूको पक्षमा झुकाउने उद्देश्यले नयाँ नक्साको तयारी गरिएको हो । क्यालिफोर्निया डेमोक्र्याटहरूको नियन्त्रणमा छ भने दोस्रो ठूलो टेक्सास रिपब्लिकनहरूको नियन्त्रणमा छ । यी दुई राज्यबीचको नक्सा विवादले अन्य राज्यहरूमा पनि यस्तै विवाद चर्किने अनुमान गरिएको छ ।