समाज

‘डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न नयाँ बाफिया चाहियो’

‘डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न नयाँ बाफिया चाहियो’

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकमा डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न खोजिएको बताउका छन् ।

सोमवार अर्थ समितिमा भएको बाफिया विधेयकसम्बन्धिको छलफलमा उनले डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई नियमन गर्नैपर्ने भएकाले तिनलाई सम्बोधन गर्नेगरी विधेयक ल्याइएको बताए । डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरु पुरानो ऐनले नचल्ने उनको भनाइ छ ।  

 पोखरेलका अनुसार सहकारीमा जस्तै जनताको पैसा बैंकमा डुब्न नदिन केही कडा प्रावधान राखेर बाफिया ऐन ल्याइएको हो । यसलाई संसदीय समितिले छिटो टुंग्याउनुपर्छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *