मुख्य समाचार

अस्ट्रेलियामा टप इन्ड प्रतियोगिता खेल्ने नेपाली टिम घोषणा

अस्ट्रेलियामा टप इन्ड प्रतियोगिता खेल्ने नेपाली टिम घोषणा

काठमाडौं । अस्ट्रेलिया भ्रमण गर्ने नेपाली टिम घोषणा भएको छ । 

कप्तान रोहित पौडेलले र उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिदै क्यानले अस्ट्रेलियामा हुने टप इन्ड क्रिकेट प्रतियोगिता खेल्ने टिम घोषणा गरेको हो । 

यसअघि टिमबाट बाहिर रहेका कुशल मल्लले पुनरागमन गरेका छन् । यसअघि क्यानले ३२ जना खेलाडीको बन्द प्रशिक्षण गरेको थियो । त्यसमध्ये २० जना भारतको बेंगलोरमा छन् भने १२ जनाले काठमाडौंमै प्रशिक्षण लिएका थिए । 

अस्ट्रेलियामा अगस्ट १४ देखि २४ सम्म हुने टी २० प्रतियोगितामा नेपालले कम्तीमा ६ वटा खेल खेल्ने तालिका छ । नेपालले पाकिस्तान ए र अस्ट्रेलियाका बिग बास लिग खेल्ने टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि नै पाकिस्तान ए टीम र अस्ट्रेलियाको बिग बासको टिम मेलबर्न स्टाटर्सले टिम घोषणा भैसकेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *