काठमाडौं । नेपाली फुटबल टोलीले बंगलादेशसँग हुने मैत्रिपूर्ण फुटबलका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
मैत्रीपूर्ण फुटबलअघि शुक्रबार काठमाडौंमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङले खेलका लागि तयारी अवस्थामा रहेको र जित हासिल गर्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले घरेलु मैदानमा हुने खेलका लागि आफूहरु उत्साहित रहेको पनि बताए । त्यस्तै, नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले मैत्रीपूर्ण खेलमा जीतको लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रने बताए ।
त्यसैगरी, बंगलादेशका प्रशिक्षक र कप्तानले पनि बलियो टिम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताए । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रिपूर्ण खेल दशरथ रङ्गशालामा भोलि साँझ साढे पाँच बजेदेखि शुुरु हुनेछ ।
त्यस्तै, दोस्रो खेल भदौ २४ गते हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।