समाज

नेपाली कांग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

नेपाली कांग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

काठमाडौं । नेपाली कांग्रेसले पाका नेता ढुण्डिराज शास्त्रीको निधनमा तीन दिन शोक मनाउने भएको छ । 

आज पार्टी कार्यालय सानेपा ललितपुरमा बसको केन्द्रीय समितिको बैठकले असार ६ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । 
 
पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीपछि आजै शास्त्रीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ । शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ९० वर्षको उमेरमा गत असार २ गते निधन भएको थियो । 

अर्घाखाँची किमडाडामा जन्मिएका स्वर्गीय शास्त्री पटक–पटक पार्टीका केन्द्रीय सदस्य हुनुका साथै २०४८ र २०५१ को निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए  ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *