मुख्य समाचार

साफ महिला यु-१७ च्याम्पियनसिपमा भुटानमाथि नेपालको जीत

साफ महिला यु-१७ च्याम्पियनसिपमा भुटानमाथि नेपालको जीत

काठमाडौं । साफ महिला यु-१७ च्याम्पियनसिपमा नेपालले भुटानबिरुद्ध पुनरागमन जीत निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले भुटानमाथि २–१ को जीत निकालेको हो । 

नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको थियो । तर खेलको ५८ औं मिनेटमा नेपालका लागि सहारा लिम्बुले गरेको गोलले खेल बराबारीमा आएको थियो । ७७ औ मिनेटमा सहाराले नै नेपाललाई २–१ ले अग्रता दिलाइन् । यो जीतसंगै नेपालले ३ अंक जोडेको छ । 

पहिलो खेलमा भारतसंग नेपाल ७–० गोलले पराजित भएको थियो । भुटानको भने यो दोश्रो हार हो । भुटान पहिलो खेलमा बंगलादेशसंग ३–१ गोलले पराजित भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *