काठमाडौं । साफ २० वर्ष मुनीको महिला च्याम्पियनसिपमा नेपालले सानदान जित निकालेको छ ।
बंगलादेशमा बिहीवार भएको खेलमा नेपालले श्रीलंकालाई ७–० को फराकिलो अन्तरले हराएको हो । नेपालका लागि समिक्षा मगरले २, पुर्णिमा राई, कुसुम खतिवडा, सरिता कुमारी नाथ र बिर्सना चौधरीले १–१ गोल गरिन् ।
श्रीलंकाले एक आत्मघाती गोल गरेको थियो । श्रीलंका विरूद्ध नेपालको यो लगातार दोस्रो जित हो बिहीबार नै बंगलादेशले भुटानलाई ३–० ले पराजित गरेको छ । यो नतिजापछि बंगलादेश लगातार चौथो जितसहित १२ अंक लिएर शीर्षस्थानमा पुग्यो ।
नेपाल भने ३ जित निकाल्दै ९ अंकसहित दोस्रोमा छ । नेपालको एकमात्र हार बंगलादेशसँग नै बेहोरेको हो । डबल राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा अब नेपालले भुटान र बंगलादेशले श्रीलंकाको सामना गर्नेछ ।
प्रतियोगिताको अन्तिम दिन सबैभन्दा पहिले भुटान र श्रीलंका भिड्नेछन ।