मुख्य समाचार

नेपालका रविन्द्रले जिते म्याट्रिक्स फाइट नाइटको उपाधि

नेपालका रविन्द्रले जिते म्याट्रिक्स फाइट नाइटको उपाधि

काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढांटले, म्याट्रिक्स फाइटर नाइटको उपाधि जितेका छन् । 

भारतको नोयडामा शनिबार राति भएको खेलमा रविन्द्रले, साविक विजेता चोगंरेन कोरेन माथि शानदार जित हात पारेका हुन् । रविन्द्र, बान्टमवेट बेल्ट प्राप्त गर्ने पहिलो नेपाली फाइटर बनेका छन । 

ब्याबसायिक करियरमा रविन्द्रको यो नवौं उपाधि हो । तीन वर्षदेखि यो फाइटमा प्रतिस्पार्धा गर्न प्रयास रहेकोमा यो पटक सफल हुँदा खुशी लागेको रविन्द्रले बताए । उनले आफ्नो जितको श्रेय प्रशिक्षक दिविज पिया प्रति समर्पित गरे । 

आफ्नो कठिन समयमा साथ दिएकोमा उनले दिविजलाई धन्यबाद दिए । दिविजले रविन्द्रको प्रतिभा पहिचान गर्दै उनलाई व्यक्तिगत खर्चमै प्रशिक्षण, बसोबास र तयारीका लागि सम्पूर्ण सहयोग गरेका थिए । दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन ।  उनी नेपाल वारियर्स च्याम्पियनसिप एनडब्लुसीका संस्थापक पनि हुन् । 

यही एनडब्लुसी मार्फत ढाँटको प्रतिभालाई चिनिएको थियो । उनका प्रशिक्षक र टिमका सदस्यहरूले पनि उनको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेका छन् । प्रधानमन्त्री के.पी. शर्मा ओलीले एमएमए च्याम्पियन  ढाँटलाई बधाई दिएका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *