काठमाडौ । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट २०२५ अन्तर्गत बाउल लिगको अन्तिम खेलमा यूएईसँग पराजित भएसँगै नेपालको सुपर सिक्सको यात्रा सकिएको छ । आज बिहान भएको खेलमा नेपालले ४३ रनले पराजित भएर यात्रा टुंग्याएको हो । १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै ८६ रनमै समेटिएको हो । नेपालका लागि आदिल आलमले ३२, सन्दीप जोराले ३० रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले पूरै ६ ओभर खेल्दै चार विकेटको क्षतिमा १ सय २९ रन बनायो । युएईका लागि निलांश केसवानीले ७३ रन जोडे । नेपालका लागि राशिद खानले दुई विकेट हात पार्दा, लोकेश बम र रुपेश सिंहले एकएक विकेट लिए । यसैविच नेपाली क्रिकेटका हस्ती शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन । हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि भेषावकरले सन्यास लिएका हुन । भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो ।