मुख्य समाचार

पहिलो टी–ट्वान्टी अभ्यास खेलमा नेपालको सानदार जित

पहिलो टी–ट्वान्टी अभ्यास खेलमा नेपालको सानदार जित

काठमाडौ । नेपालले पहिल टी–ट्वान्टी अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटीमाथि सानदार जित निकालेको छ । आज विहान भएको खेलमा नेपाल ४१ रनले विजयी भएको हो। नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटीले १७ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । एसीटीका ज्याक स्मिथले सर्वाधिक ५० रन बनाए । काइ ब्रुन्करले २७, ज्याक केघ २५ रन जोडेपनि अन्यले  राम्रो ब्याटिङ गर्न सकेनन । नेपालका सन्दीपले सर्वाधिक ५ विकेट लिए । करण केसीले २ विकेट लिँदा रुपेश सिंह, गुल्सनकुमार झा र कुशल भुर्तेलको नाममा समान एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको हो । नेपालका लागि ओपनर आसिफ शेखले  ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन जोडे । टप एन्ड टी–२० श्रृखला समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो । नेपालले यस खेल सकिएलगत्तै आजै दोस्रो टी–२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी–२० र एक वान डे खेल खेल्नेछ ।  टप एन्ड टी–२० श्रृखलामा नेपाल ११ टिममध्ये आठौं भएको थियो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *