Siddarth bankविज्ञापन
मुख्य समाचार

भुटानविरुद्ध नेपालको शानदार जित

भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप नेपालले सुखद् शुरूवात गरेको छ । 

शुक्रबार ढाकास्थित बसुन्धरा किंग्स एरेनामा सम्पन्न खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।

नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दा सेनु परियारले दुई गोल गरिन्। पहिलो हाफमै ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्‍यो। भुटानले एक मात्र सान्त्वना गोल दोस्रो हाफमा फर्कायो।

यस जितसँगै नेपालले च्याम्पियनसिपमा ३ अंक जोडेको छ। शुक्रबार भएको अर्को खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकामाथि ९–१ को विशाल जित निकाल्दै तालिकामा शीर्ष स्थान बनाएको छ। नेपाल र बंगलादेश दुवैले ३ अंक भए पनि गोल अन्तरका आधारमा बंगलादेश अगाडि छ।

नेपालले अब आइतबार बंगलादेशसँग खेल्नेछ। प्रतियोगितामा चार टोली सहभागी छन् र डबल राउण्ड रोबिनको आधारमा खेल हुनेछ। सबै टोली एक अर्कासँग दुई पटक भिड्नेछन्। अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *