मुख्य समाचार

महिला टी–२० विश्वकप छनोट खेलमा आज नेपालले हङकङसँग खेल्दै

महिला टी–२० विश्वकप छनोट खेलमा आज नेपालले हङकङसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आजदेखि आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट खेल्दैछ । 

पहिलो खेलमा आज पौने ९ बजे हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै नेपालले दोस्रो खेलमा आइतबार बहराइनसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा वैशाख ३० गते फेरि हङकङसँग र जेठ १ गते बहराइनसँग खेल्नेछ । 

विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन् । 

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् । थाइल्यान्ड जानुअघि नेपाली टोलीले भारतमा अभ्यास खेल खेलेको थियो । 

नेपाली महिला टोलीले अहिलेसम्म एशिया छनोट पार गर्न सकेको छैन ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *