मुख्य समाचार

फ्रान्सको पेरिसमा तीजको रौनक

फ्रान्सको पेरिसमा तीजको रौनक

दीपक चालिसे
फ्रान्स । गैर आवासीय नेपाली संघ (एनआर एनए)फ्रान्सको आयोजनामा राजधानी पेरिसमा भब्य कार्यक्रमको आयोजना गरिएको छ । प्रवाासमा  रहेका नेपाली दिदी बहिनीहरुले आफ्नो  मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्येश्यले एकै ठाउँमा भेला भएर तीज मनाएका हुन् । 
महिला दिदी बहिनीहरुको तीजको कार्यक्रमका  लागि पेरिस स्थित  हिमालयन शेर्पा रेस्टुरेन्टका सन्चालक रामेश्वर श्रेष्ठले आफ्नो होटल निशुल्क   उपलब्ध गाराएका थिए । सो अवसरमा नाचगानका साथै बिभिन्न नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।  दरखाने दिनमा बिभिन्न परिकारको समेत ब्यवस्था गरिएको थियो । 
सो अवसरमा एनआरएनए फ्रान्स का आइसिसि सदस्य शिवराम भण्डारीले नेपाली नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तीज बिदेशी भूमिमा यसरी मनाउदा  गौरवान्वित भएको धारणा राखेका थिए । यसैगरी  एनआर एनए फ्रान्सका  अध्यक्ष दिलिप गुरुङले विदेशमा तीज पर्व मनाइ रहँदा नेपालमै भएको अनुभुती हुने हुदा आगामी दिनमा यसलाई अझै बृहद रुपमा मनाउने वाताबरण बनाउने तर्फ आफू लाग्ने बताएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *