काडमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ तदर्थ समितिले आज पत्रकार सम्मेलन गर्दैछ ।
एनओसीकै पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा बनेको तदर्थ समितिले आज पत्रकार सम्मेलन गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता प्राप्त जीवनराम श्रेष्ठ नेतृत्वको एनओसी हुँदाहुँदै तदर्थ समिति बनाएपछि विवाद हुँदै आएको छ । तदर्थ कमिटीलाई काम गर्न दिने उद्देश्यले सरकारले सातदोबाटोस्थित एनओसी भवनमा ताला समेत लगाएको छ ।
दुई समितिको विवादले जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी समेत प्रभवित हुने देखिएको छ ।