Siddarth bankविज्ञापन
मुख्य समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो, पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यात

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो, पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यात

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ ।

अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात शुुरु गरिएको हो ।  नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत् बेच्ने सम्झौता भएको थियो । सम्झौता अनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भएको थियो । 

सो सम्झौतासँगै शनिबारबाट बंगलादेश विद्युत् निर्यात थालिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभी मार्फत बिक्री गर्न लागिएको हो । यसअघि सम्झौता भएसँगै १ दिन विद्युत् बिक्री गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो । यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण जनाएको छ । 

यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो । विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलब ६० मेगावाट र २१ दशमलब ४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म  अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात  गर्ने सहमति भएको छ भने भारत सरकारले पनि प्रसारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *