मुख्य समाचार

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

नेपाल एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल

काठमाडौं । घरेलु टिम उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।  

शनिबार राति निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो ।  पेनाल्टी सुटआउटमा उज्वेकिस्तानसँग नेपाल ४–२ गोलअन्तरले पराजित भएपछि एएफसी एसियन कपमा छनोट हुन असफल भएको हो ।

पेनाल्टीमा नेपालकी कप्तान सावित्रा भण्डारी साम्बा र गोलकिपर अन्जना रानामगर गोल गर्न चुके । साम्बाको प्रहार देब्रे बारमा लागेर फर्कियो भने अन्जनाको प्रहार उज्वेकिस्तानकी गोलकिपरले बचाइन् । 

उज्वेकिस्तानका भने चार जनै खेलाडीले पेनाल्टीमा गोल गरे । जितसँगै उज्वेकिस्तान भने सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा छनोट भएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *