समाज

ललितपुरमा कुटपिटबाट श्रीमतीको हत्या

ललितपुरमा कुटपिटबाट श्रीमतीको हत्या

ललितपुर । आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका १४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका ८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *