काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१३ करे खोलाका करिब ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नै ४० वर्षीय श्रीमती रविना ठाडा मगरको हत्या गरेका हुन् ।
दानसिंहले शनिबार राति करिब पौने २ बजे सुतिरहेकी श्रीमतीको टाउकोमा काठको टुक्राले प्रहार गरेका थिए । काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले श्रीमतीको हत्यामा संलग्न दानसिंहलाई नियन्त्रणमा लिएको छ ।
