समाज

म्याग्दीको दाजुङ खोलामा मोटरेबल पुल निर्माण

म्याग्दीको दाजुङ खोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । बागलुङ र म्याग्दीलाई जोड्ने दरवाङ–सोले–तमानखोला सडक अन्तर्गत म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको अदिभारा स्थित दाजुङ खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । 

पूर्वाधार विकास कार्यालय म्याग्दीले ४ करोड १० लाख ८३ हजार रुपैयाँको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । २०८० असोज २६ गते सम्झौता गरेको बि.एम.के. कोण्डा जेभीले ठेक्का अवधी भित्र नै पुल, दुईतर्फ पहुँचमार्ग र दायाबायाँ फुटपाथ निर्माण गरेपछि यही महिनाबाट सवारी साधन चल्न थालेका छन् । 

पुुल निर्माण भएसँगै मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका साथै बागलुङको तमानखोला र ढोरपाटन नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । पुल बनेपछि दरवाङ– अदिभारा– डाडागाउँ– सोले– तमान– बुर्तीवाङ सडकमा बर्खायाममा पनि सिधा यातायात सञ्चालन गर्न सहज भएको छ । 
  
बर्खायाममा दाजुङखोलामा बाढी आउँदा सिधा सवारी आवत जावत बन्द हुने गरेको थियो । पुल बनेपछि बर्खामा रुट परिवर्तन र हिउँदमा खोलामा सवारी साधन तारेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या हटेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *