पर्वत । पर्वतको मोदी गाउँपालिकाले गत साउन १ देखि अनावश्यक भन्दै करार कर्मचारी हटाएपछि नागरिक समाजले स्वागत गर्दै खबरदारी कार्यक्रम गरेको छ ।
गाउँपालिकामा नागरीक समाजले कार्यक्रमको आयोजना गरेर जन प्रतिनिधिले स्वार्थ पूर्ति गर्न अनावश्यक कर्मचारी नियुक्त गरेर विकास बजेटको दुरुपयोग भईरहेकोमा पछिल्लो निर्णय स्वागत योग्य रहेको जनाएको हो ।
जनताको विकास बजेट खर्च गरेर करार कर्मचारी राख्दा वर्षेनी करोडौ रकम हिनामिना भईरहेकोमा पछिल्लो गाउँसभाको निर्णयको स्वागत र गाउँपालिकामा भएका अन्य वेथितिप्रति नागरिक समाजले खवरदारी गरेको छ ।
कर्मचारी हटाएकोमा प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न राजनीतिक दलहरुले धम्कीसहित धरपकड गरिरहेकोमा पनि नागरिक समाजले विरोध जनाएको छ । विगतमा गाउँ कार्यपालिकाले कर्मचारी व्यवस्थापन सर्वेक्षण नै नगरी अनावश्यक कर्मचारीका लागी वार्षिक दुई करोड खर्च गर्ने गरको थियो ।
अख्तियारमा उजुरी परेपछि जिम्मेवारी नतोकिएका करार कर्मचारीहरुलाई गाउँ सभाले हटाएको थियो ।
