काठमाडौं । पेरिस सेन्ट–जर्मेन पिएसजीले युइएफए सुपर कपको उपाधि जितेको छ। टोटनह्यामलाई पेनाल्टी सुटआउटमा चार–तीन गोल अन्तरले हराउँदै पिएसजीले यो वर्षको पाँचौँ उपाधि जितेको हो।
टोटनह्यामका लागि भान डे भेन र कप्तान क्रिस्टियन रोमेरोले गोल गर्दै टोलीलाई अघि बढाए। प्रतियोगिताको ८५औं मिनेटसम्म टोटनह्याम २–० ले अघि भएपनि ८६औं मिनेटमा ली काङ–इनले गोल गर्दै अन्तर घटाए।
इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई बराबरीमा पुर्याए। पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अग्रता बनाएको थियो।
त्यसपछि मिकी भान डे भेन र मथिस् टेलले अवसर गुमाए। पीएसजीले लगातार चार पेनाल्टीमा सफल गर्यो। अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जित दिलाए।