काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिङ्क्सले सञ्चालन गरेको ‘एनर्जाइज्ड दशैँ धमाका २०२६’ अभियानअन्तर्गत नौ जना भाग्यशाली उपभोक्ता मोटरसाइकल तथा स्कुटरको विजेता बनेका छन्।
दशैँलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा देशका विभिन्न स्थानका उपभोक्ताले यामाहा मोटरसाइकल तथा स्कुटर जितेका हुन्।
कम्पनीका अनुसार सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बुटवलका नरबहादुर फौगाड र धनगढीका मोहन श्रेष्ठले पनि मोटरसाइकल जितेका छन्।
यसैगरी, पछिल्लो चरणमा सार्वजनिक भएका विजेतामध्ये जनकपुरका कौटिल्यकुमार सिंह र बिर्तामोडका तेजनारायण सिंहले मोटरसाइकल जितेका छन् भने धरानका मनोजकुमार अधिकारी र वीरगन्जका रमेश बस्नेतले स्कुटर जितेका छन्।
अभियानअन्तर्गत कुल ३६ वटा मोटरसाइकल तथा स्कुटर र एक थान प्रोटोन कार गरी ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएको कम्पनीले जनाएको छ।
जसमध्ये हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने बाँकी २८ वटा सवारीसाधनका विजेता घोषणा हुन बाँकी छन्। अभियानमा एक जना महाभाग्यशाली विजेताले प्रोटोन कारसमेत प्राप्त गर्नेछन्।
कम्पनीले आगामी दिनमा थप विजेता सार्वजनिक गर्दै उपभोक्तामाझ उत्साह र खुसी बाँड्ने जनाएको छ।

