समाज

माओवादी सांसद बस्नेतको टिप्पणी – दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन

माओवादी सांसद बस्नेतको टिप्पणी – दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले राजनीतिक दल र कार्यकर्तालाई पोस्ने गरी जथाभाबी बजेट विनियोजन भएको टिप्पणी गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै मन्त्रालयहरूको बजेट विनियोजनको प्रकृति र अवस्थालाई हेर्दा आवधिक योजना र संवैधानिक व्यवस्थाहरूलाई आधार नबनाइएको भन्दै आपत्ति जनाए । 

उनले सरकारले राष्ट्रिय आवश्यकता अनुरूप निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुनै जिम्मेवारीवोध नगरी बजेट ल्याएको बताए । उनले सबै दृष्टिकोणले बजेट विनियोजन र आ–आफ्ना निर्वाचन क्षेत्रहरूलाई सुरक्षित गर्ने यो उद्देश्यद्वारा प्रेरित भएको आरोप लगाए सांसद बस्नेतले वैकल्पिक सहायक राजमार्गदेखि कोरिडोरको विषयहरूमा समेत बजेटको जथाभाबी विनियोजन भएको बताए । 

उनले बजेटको जथाभावी विनियोजन र सरकारको स्वेच्छाचारी व्यवहारको कारण विरोधस्वरुप विरोधको प्रश्ताव दर्ता गरेको समेत बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *