काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दैछ ।
साउन १६ गतेदेखि शुरू भएको स्थायी समिति बैठक आजपनि बस्ने भएको हो । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखेका छन् । बाँकी सदस्यले आज बोल्ने छन् । धारणा राख्न नेताहरूलाई १०–१५ मिनेटको समय निर्धारण गरिएको छ ।
बैठकमा नेताहरूले पार्टीभित्र विधि, पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् ।