काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीको सांसद गीता गुरुङले राजीनामा दिएकी छन् ।
गुरुङले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको बताएकी हुन् ।
उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख गरेकी छन् ।
गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।