Siddarth bankविज्ञापन
मुख्य समाचार

चिनियाँ नागरिकले भाडामा लिएको घरमा राजश्वको खानतलासी

चिनियाँ नागरिकले भाडामा लिएको घरमा राजश्वको खानतलासी

लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले आज खानतलासी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो । चिनिया नागरिकले भाडामा लिएको घरवाट केही बाकसहरू विभागले बरामद गरेको छ । तर, त्यसमा सुन नभेटिएको बताइएको छ । छापा मारेको घरलाई विभागले सिल गरेको छ । राजश्व अनुसन्धान विभागको टोलीले साउन दुई गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेपछि लगातार छापा मारिरहेको छ । विभागले बुधबार बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो । त्यहाँबाट ब्रेक शु बरामद गरिएपनि त्यसमा सुन नभेटिएको बताइएको छ । ब्रेक सु वाट पहिले नै सुन निकालिसकेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सुन तस्करीमा  संलग्न रहेको आरोपमा हालसम्म १७ जना पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा लिएर विभागले थप अनुसन्धान जारी राखेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *