काठमाडौं । मधेश प्रदेश सांसद सरोजकुमार सिंह भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।
प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरेको अभियोगमा जनता समाजवादी पार्टीका सांसद सिंह पक्राउ परेका हुन् । उनले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको अख्तियारको आरोप छ ।
केही दिनअघि मात्रै अख्तियारको टोलीले सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो । विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम सचिव कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारको दाबी छ ।