समाज

झलनाथ खनाललाई पार्टी नीति विपरित बोलेकाले पार्टीबाट बिदा हुन माधव नेपालको सुझाव

झलनाथ खनाललाई पार्टी नीति विपरित बोलेकाले पार्टीबाट बिदा हुन माधव नेपालको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टी नीति विपरित बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन् । 

शुक्रबार विराटनगरमा पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको भनि अभिव्यक्ति दिएको भन्ने संचारकर्मीहरुको प्रश्नमा अध्यक्ष नेपालले नैतिकताका आधारमा पार्टीबाट बिदा लिन खनाललाई सुझाव दिएका हुन् । उनले पटक पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेकाले खनालको भनाईको अर्थ नरहेको पनि टिप्पणी गरे ।

अध्यक्ष नेपालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले  पुनः राजनीतिमा छिर्न रोक नलगाएकोले उनीहरुको व्यक्तिगत निर्णय अनुसार नै हुने उल्लेख गरे । उनले वर्तमान सरकार सबै क्षेत्रमा  असफल भएपनि अर्को सरकार बन्ने सम्भावना नरहेको बताए । 

अहिले आफुहरु पार्टी संगठन सुदृढिकरण र समाजवादी मोर्चालाई सक्रिय बनाउन लागिपरेको बताउँदै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकीकरण गर्ने कुरा नभएको र अहिले मोर्चा र सहकार्य गरेर अघि बढ्ने कुरा मात्रै भएको स्पष्ट पारे ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *